This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Wednesday, October 5, 2016

सुनको मूल्य एक हजार एक सयले घट्यो

Image result for छापावाल सुन
छापावाल सुनको मूल्य आज प्रतितोला रु एक हजार १०० ले घटेको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण त्यसको प्रभाव स्वरुपमा नेपाली बजारमा आज प्रतितोला रु ५६ हजार ७०० मूल्य कायम भएको हो । 

अघिल्लो दिन सुनको मूल्य प्रतितोला रु ५७ हजार ८०० रहेको थियो । आज तेजावी सुनको मूल्य रु ५६ हजार ४५० मा कारोबार भयो । 

अघिल्लो असली चाँदीको मूल्य पनि प्रतितोला रु ८६० मा कायम भई कारोबार भएकामा आज रु ३० घटेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । 

सङ्घका अध्यक्ष माणिकरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनको तुलनामा प्रतिऔँश ३५ अमेरिकी डलर घटेर आज एक हजार २८० डलरमा कारोबार भएको जानकारी दिनुभयो । दसैँको समयमा बजारमा सुनको मूल्य घट्दा उपभोक्ताको आकर्षण बढ्ने र कारोबारमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । रासस 

No comments:

Post a Comment