This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Saturday, October 8, 2016

आज दुर्गाको प्रतिमामा आँखाको नानी थपिने

Image result for durga maa pratima

जनकपुरधाम, २२ असोज मिथिलाञ्चलका दुर्गा मन्दिरमा आज दुर्गाको प्रतिमामा आँखाको नानी थपिने विधि रहेको
मिथिलाञ्चलमा निजी सामूहिक रूपमा दुर्गापूजा गरिने चलन रहेको सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन प्रतिमाको स्थापना गरिन्छ
प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन सप्तमीका दिन पूजा गरेपछि मात्र आँखा राखिने चलन
यो विधिका लागि षष्ठीका दिन बेल निमन्त्रण गरिन्छ, जसलाई बेलनौती भनिन्छ यसअन्तर्गत बेलका रुखको एउटै हाँगामा फलेको जोडा बेललाई रातो कपडामा बेरेर बेल निमन्त्रण गरिन्छ
सो विधिका लागि तय गरिएको बेलको रुखतिर बाजागाजाका साथ श्रद्धालुहरू गीतनाद भजन गाउँदै पुग्ने गर्छन्  सप्तमीका दिन बेल जोडीलाई सम्मान ल्याउन पालकी बोकेर जाने गरिन्छ शिव, पार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रण दिइएको हतियारबाट एकैपटकमा काटिन्छ  त्यसलाई पालकीमा राखी पूजास्थलतिर लगिन्छ पछि दुवैलाई प्रतिमा भएको स्थानमा राखिन्छ  अष्टमी प्रारम्भ भएपछि सोही बेलको डाँठबाट दुर्गाको आँखाको नानी थपिन्छ, जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ  

-रासस

No comments:

Post a Comment