This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Monday, October 24, 2016

काँग्रेसलाई गुम्राहामा राखेर महाअभियोग प्रस्ताव दर्ता गरियोः कोइराला

Image result for डा शेखर कोइराला                                                                                                                    फाइल तस्बिर
तम्घास (गुल्मी), ८ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई गुम्राहामा राखेर हतार हतारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् ।
ओलीले देउवालाई भने- “महाअभियोगमा साथ दिनुस् नत्र प्रचण्डलाई …
नेपाल प्रेस युनियन गुल्मीले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने- काँग्रेसलाई गुम्राहामा राखेर नेकपा (एमाले) र माओवादी (केन्द्र) ले हतार हतारमा महाअभियोग प्रस्ताव दर्ता गराएकाले यस सम्बन्धमा पार्टी गम्भीर भएर छलफलमा जुटेको छ ।
फाइल तस्बिर

नेता कोइरालाले महाअभियोग जस्तो संवेदनशील विषयमा काँगेसले कुनै लहडको भरमा निर्णय नगर्ने बताउँदै त्यसका लागि पार्टीमा छलफल गरेरमात्र निर्णय लिने बताए ।
मुलुक वाहिरका शक्तिहरु संविधान निष्क्रय बनाउनका लागि देशलाई अस्थिर बनाएर राख्न खोजेको आरोप लगाउँदै उनले ने – मुलुकलाई अस्थिरताबाट बचाउनका लागि स्थानीय तहको निर्वाचन गराउनु अनिवार्य छ ।
नेता कोइरालाले “देश अत्यन्तै अप्ठ्यारो मोडमा छ, संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन जसरी पनि गर्नुपर्छ”, भन्दै “यदि स्थानीय तहको निर्वाचन सम्भव नभएको खण्डमा अन्तिम विकल्प भनेको प्रतिनिधिसभाको निर्वाचन गरेर भए पनि संविधानलाई बचाएर राख्नुपर्छ ।”
संविधान संशोधनका विषयमा एमालेलाई सहमतिमा ल्याउनुपर्ने बताउँदै उनले संविधान कार्यान्वयनका लागि काँगेस, एमाले र माओवादीबीच एकता र सहकार्य हुनै पर्छ भने।
 रासस

No comments:

Post a Comment