This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Friday, October 7, 2016

इन्द्रसरोवर भरिएन, माग धान्न प्राधिकरणलाई समस्या हुने






काठमाडौँ, २१ असोज सञ्चित शक्तिको रुपमा रहेको मुलुकको एकमात्र जलाशय कुलेखानी यसपटक पनि पूर्णरुपमा नभरिँदा आगामी हिउँदमा पूर्ण रुपमा विद्युत् उत्पादनमा समस्या हुनेभएको मनसुन  सकिन लाग्दा देशको एकमात्र जलाशय कुलेखानी भरिन अझै १० मिटरको हाराहारीमा बाँकी मुलुकको एकमात्र जलाशययुक्त आयोजना कुलेखानी पहिलो दोस्रोबाट कुल ९२ मेगावाट विद्युत् उत्पादन हुने गरेको ऊर्जाको ब्याक अपको रूपमा रहेको कुलेखानीको जलाशय एक हजार ५२० मिटर मात्र भरिएको नेपाल विद्युत् प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठकाअनुसार करिब दश मिटरको हाराहारीमा पानी भरिन बाँकी ठूलो वर्षा भएन भने यस वर्ष जलाशय भरिने सम्भावना कम ,” उहाँले रासससँग भन्नुभयो– “वर्षा जारी रहेका कारण सो क्षेत्रमा अझै पनि जलाशय भरिनसक्ने सम्भावना  यस वर्ष एक हजार ५२५ मिटर मात्र भरिने त्यसले आगामी हिउँदमा साँझको समयमा विद्युत् उत्पादन गर्न सहयोगी हुने उहाँको भनाइ गत हिउँदमा कुलेखानीको जलाशय घटेर एक हजार ५०३ मिटरमा झरेको थियो अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी विद्युत् माग भएका कारण पनि जलाशय पूर्ण रुपमा सञ्चालन गर्दा पानीको तह केही कम हुन पुगेको थियो अघिल्ला वर्षमा पनि दसँै तिहारसम्म जलाशय भरिने गरेको थियो तर गत वर्ष भने पूर्णरुपमा भरिएन,” प्रमुख श्रेष्ठले भन्नुभयो विद्युत्भार कटौतीलाई नियन्त्रणमा राख्नका लागि कुलेखानीको महत्वपूर्ण भूमिका रहने गरेको जलायश भरिँदा प्राधिकरणलाई समेत हिउँदमा विद्युत् माग व्यवस्थापन गर्न सहज हुने गर्दछ विद्युत्को अत्याधिक माग भएको समयमा मात्रै कुलेखानीलाई विशेष गरी साँझको समयमा मात्र चलाउने गरिएको कुलेखानीको जडित क्षमता ९२ मेगावाट त्यसमा पहिलो आयोजनाबाट ६० मेगावाट दोस्रो आयोजनाबाट ३२ मेगावाट विद्युत् उत्पादन गरिन्छ कुलेखानी तेस्रो आयोजना निर्माणको चरणमा रहेको सो आयोजना आगामी पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्न सकिए थप १४ मेगावाट विद्युत् उत्पादन हुनेछ इलेक्ट्रोमेकानिकल ठेकेदारले समयमा काम नगरेको कारण आयोजनामा समस्या भएको भन्दै पछिल्लो पटक उर्जा मन्त्रालयले तोकिएको अवधिमा काम सम्पन्न नभए कारबाही गर्ने चेतावनी दिएपछि परियोजना सुरु भएको केही दिनअघि उर्जामन्त्री जनार्दन शर्माले आयोजनाको स्थलगत निरीक्षण गर्दै शिघ्र परियोजना सम्पन्न गर्न निर्देशन दिनुभएको थियो रासस

No comments:

Post a Comment