This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Sunday, October 23, 2016

विराटनगर घोषणापत्र जारी गर्दै ज्येष्ठ नागरिक महोत्सव सम्पन्न

Image result for ज्येष्ठ नागरिक महोत्सव

विराटनगर, कात्तिक मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित दुईदिने ज्येष्ठ नागरिक महोत्सव २३ बुँदे विराटनगर घोषणापत्र जारी गरी आज सम्पन्न भएको
घोषणापत्रमा ज्येष्ठ नागरिकहरुको हक, अधिकारको संरक्षण सम्बद्र्धन गर्दै आफ्ना चलअचल सम्पत्ति ज्येष्ठ नागरिकले आपूmखुसी प्रयोगका साथै आफ्ना सन्तानले कमाएको सम्पत्तिमा पनि हक लाग्ने कानुनको व्यवस्थाको माग गरिएको
ज्येष्ठ नागरिकका लागि बनेको नागरिक ऐन, २०६३ बनेको नियमावली, २०६५ आवश्यक संयन्त्र बनाई यथाशीघ्र लागू गरिनुपर्ने, संवैधानिक हैसियतको ज्येष्ठ नागरिक आयोग गठन हुनुपर्ने, सार्वजनिक साधनमा सीट आरक्षित ५० प्रतिशत भाडामा छुट स्वास्थ्य सेवामा ५० प्रतिशत छुटको व्यवस्था हुनुपर्ने माग गरिएको
यस्तै, ज्येष्ठ नागरिकमैत्री समाज निर्माण गर्न ज्येष्ठ नागरिकसम्बन्धी पाठ्यसामग्री अनिवार्य गर्नुपर्ने, प्रत्येक प्रदेशमा एउटा÷एउटा ज्येष्ठ नागरिक ग्रामको व्यवस्था, बिमाको व्यवस्था, प्रत्येक सरकारी अस्पतालमा कम्तीमा १० शय्याको ज्येष्ठ नागरिक वार्डको व्यवस्थाको माग गरिएको
यसका साथै, राजनीतिक दलहरुले ज्येष्ठ नागरिक विभाग गठन गर्नुपर्ने, स्थानीय निकायले सार्वजनिक स्थलमा ज्येष्ठ नागरिक सेवाकक्ष राख्नुपर्ने, मासिक भत्ता वितरणलाई अझ सहज बनाउनुपर्ने प्रत्येक वर्ष अक्टोबरमा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउनुपर्ने विषयमा घोषणापत्रले जोड दिएको
सो अवसरमा ज्येष्ठ नागरिक महोत्सवका संयोजक एवम् सांसद भरतमोहन अधिकारीले ज्येष्ठ नागरिकका लागि बनाइएका ऐनहरु कार्यान्वयनमा नआएकाले यस विषयमा सवैले गम्भीर हुनुपर्ने विषयमा जोड दिनुभयो
उहाँले महोत्सवमा प्रदेश नं का तीनहजार सातजना ज्येष्ठ नागरिक सहभागी भएको यसका लागि विभिन्न सङ्घसंस्था व्यक्तिले आफ्नो जिम्मेवारी लिएर व्यवस्था मिलाइएको जानकारी गराउनुभयो
सो अवसरमा महोत्सवका सचिव जीवन घिमिरेले ज्येष्ठ नागरिकको भोजनको व्यवस्था गोल्छा अर्गनाइजेसन, आवासको व्यवस्था उद्योग सङ्गठन टोपीको व्यवस्था सहकारीले गरेको जानकारी गराउनुभयो त्यस्तै, सङ्खुवासभाका धनबहादुर खड्का मदन तामाङले रु दुई लाख ३१ हजार मूल्य बराबरको रुद्राक्ष ज्येष्ठ नागरिकबीच वितरण गर्नुभएको बताइएको रासस

No comments:

Post a Comment