This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Monday, October 24, 2016

धर्मनिरपेक्षतामाथि प्रहार हुन थालेको छः मन्त्री गुरुङ



Image result for श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ
इटहरी, ८ कात्तिक । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले राजा फर्काउने प्रपञ्चस्वरुप धर्मनिरपेक्षमाथि प्रहार हुन थालेको बताउनुभएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घ सुनसरीले शनिबार साँझ धरानमा आयोजना गरेको ‘आदिवासी जनजातिका मुद्दा र संविधान संशोधन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री सुब्बाले विभिन्न जातजाति, धर्म र संस्कृतिले विविधतायुक्त मुलुक नेपाल कुनै पनि धर्मविशेषको राज्य हुन नसक्ने बताउँदै धर्मनिरपेक्षताले कुनै पनि धर्मको संरक्षणमा हानि नगरेको र भविष्यमा पनि नगरिने स्पष्ट पार्नुभयो । नेपाल आदिवासी जनजाति सङ्घका सभापति इन्द्रबहादुर गुरुङले आदिवासी जनजातिको विशिष्ट प्रकारको सामाजिक, आर्थिक र सांस्कृतिक मौलिक परम्परा र चरित्र भएको उल्लेखगर्दै अब बन्ने सबै सङ्घीय प्रदेशलाई बहुजातीय र समानुपातिक समावेशी सहभागितामा लाग्नुपर्ने बताउनुभयो । नेपाल आदिवासी जनजाति सङ्घ सुनसरीका सभापति नन्दराज राईको अध्यक्षता कार्यक्रम सम्पन्न भयो ।

रासस

No comments:

Post a Comment