This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Sunday, October 23, 2016

कावा प्रमुख आयुक्त बस्न्यातद्वारा कर्मचारीलाई निर्देशन

Image result for अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यात

काठमाडौँ, ७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले आयोगका कर्मचारीलाई निष्ठापूर्वक कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग प्रस्ताव पेस भएपछिको परिवर्तित सन्दर्भमा आयोगका कर्मचारीलाई निर्देशन दिनुहुँदै उहाँले कर्मचारीले आयोगद्वारा निर्धारित आचरण र संवैधानिक कानुनको इमान्दारीपूर्वक पालना गर्नुपर्ने बताउनुभयो । आयोग नेतृत्वविरुद्धको महाअभियोग प्रस्तावले सिङ्गो आयोग परिवारलाई आहत तुल्याएको बताउँदै उहाँले आयोग जीवन्त संस्था भएको हुँदा निश्चित घटना विशेषका आधारमा आयोगलाई प्राप्त संवैधानिक दायित्व र कार्यसम्पादनको प्रभावकारितामा विचलन नआउने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “आयोगमा कार्यरत प्रत्येक कर्मचारीले आफू संवेदनशील र महत्वपूर्ण निकायमा कार्यरत रहेको तथ्यबोध गर्दै आयोगको मर्यादा, प्रतिष्ठा र छविलाई उँचो तुल्याउने ढङ्गबाट कार्यसम्पादनलाई तीव्रता दिनुपर्छ ।” आयोगप्रतिको जनभरोसा, विश्वास र निष्ठालाई अझै सशक्त र सुदृढ तुल्याउन आयोग परिवार कटिबद्ध रहेको स्पष्ट पार्नुहुँदै कावा प्रमुख आयुक्त बस्न्यातले जनअपेक्षाको समूचित सम्बोधन नै आयोगको ध्येय र उद्देश्य रहेको बताउनुभयो । कार्यक्रममा आयुक्तहरु नवीनकुमार घिमिरे, डा गणेशराज जोशी, राजनारायण पाठक र डा सावित्री थापा गुरुङलगायत आयोगका कर्मचारी उपस्थित हुुनुहुथ्यो । 

रासस 

No comments:

Post a Comment