This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Sunday, October 16, 2016

सांसद रामकृष्ण यादवको डेराबाट चोरी गर्ने एक जना

Image result for सांसद रामकृष्ण यादव

नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवको डेराबाट नगद, सुन र अन्य मालसामान चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अपराध महाशाखा र बानेश्वरबाट खटेको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको अपराध महाशाखाका प्रमुख एसपी प्रकाशजंग कार्कीले बताए।
पक्राउ पर्ने व्यक्ती सभासद यादव बस्ने घरमा डेरामा बस्दै आएको खुल्न आएको । उनले चोरी गरेको ल्यापटपसमेत बरामद गरिएको छ।
पोलिग्राफ टेष्टबाट एक जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ। काठमाडौँ महानगरपालिका– ३५ शान्तिनगरमा डेरा गरी बस्दै आएका यादवको कोठाबाट शुक्रबार र ८० हजार, डेढ–डेढ तोलाका दुई थान सुनका सिक्री तथा एक एक थान ल्यापटप र क्यामेरा चोरी भएको हो ।उनी घरको पहिलो तलामा बस्दै आएका छन्। सांसद यादवको स–परिवार दसैँ मनाउन जनकपुर गएको थियो ।

No comments:

Post a Comment