This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Monday, October 17, 2016

पवनले गरे राजवंशी भाषामा गीताको अनुवाद

Image result for श्रीमद्भागवत गीता

काँकडभिट्टा (झापा), १ कात्तिक । ‘काम कर, फलेर आश नाकर !’ – राजवंशी भाषामा ‘श्रीमद्भागवत गीता’को सार हो यो । लोकप्रिय हिन्दू धार्मिक ग्रन्थ ‘गीता’का सम्पूर्ण उपदेशलाई राजवंशी भाषामा अनुवाद गर्नुभएको छ, कनकाई–९ निवासी पवन राजवंशीले । 

यतिबेला पवनले राजवंशी भाषामा अनुवाद गर्नुभएको गीता नेपाल, भारत र बङ्गलादेशमा बसोबास गर्ने एक करोड राजवंशी भाषीका लागि अनुपम उपहार भएको छ । स्वर्गीय कुलदीप राजवंशी र आमा जलेश्वरी देवी राजवंशीको कान्छो सन्तानका रुपमा झापाको कनकाईमा जन्मनुभएका ४७ वर्षीय पवन राजवंशी समुदायबाट नेपालका पहिलो प्राज्ञसमेत हुनुहुन्छ । उहाँलाई नेपाल ललितकला प्रतिष्ठान काठमाडौँले २०६९ सालमा प्राज्ञ मनोनयन गरेको हो । 

प्रायः यतिबेला झापाका दर्जनौँ विद्यालयमा चित्रकला पढाउँदै आउनुभएका पवन राजवंशी भाषाको पहिलो पत्रिकाका ‘बिचन’को संस्थापक सम्पादकसमेत हुनुहुन्छ । तर अर्थाभावका कारण केही वर्ष सो पत्रिका प्रकाशित गरेर बन्द गर्नुपरेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो – “जातीय भाषामा पहिलो पत्रिका त निकालेँ तर त्यसलाई निरन्तरता दिन मसँग पैसा भएन, बन्द गरिदिएँ ।” चित्रकलामा विशेष दखल राख्ने पवन साधा जीवन जिउनुहुन्छ । राजवंशी समुदायको ‘कला शिरोमणि’कै उचाइ नापिसक्नु भएका उहाँ आम नेपालीका उत्तिकै प्रिय र प्रेरक व्यक्तित्व बन्नुभएको छ । 

उहाँले ‘अनुभूति’ नामक रङ्गीन कार्टुन चित्र सङ्ग्रहसमेत प्रकाशित गरिसक्नुभएको छ । यतिबेला उहाँ झापाबाटै प्रकाशित हुने विभिन्न पत्रपत्रिकामा कार्टुन चित्र बनाउँदै आउनुभएको छ । 

कुनै बखत उहाँ झापाको विर्तामोडबाट प्रसारित कञ्चनजङ्गा रेडियोमा राजवंशी भाषामा समाचार वाचन गर्नुहुन्थ्यो । त्यसैबेला रेडियोका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’लाई राजवंशी भाषामा उल्था गर्न हौस्याउनुभएको रहेछ । उहाँ भन्नुहुन्छ, “आखिर त्यही हौसलाबाट प्रेरित भएर मैले जातीय भाषामा ‘गीता’ नै अनुवाद गरेँ ।” रासस 

No comments:

Post a Comment