This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Sunday, October 23, 2016

श्रमजीवी पत्रकार ऐन मोफसलका सञ्चार गृहमैत्री बनाउन सुझाव

Image result for पोषण केसी

धनगढी, कात्तिक न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले श्रमजीवी पत्रकार ऐनलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको । आइतवार  यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले सरकारले श्रमजीवी पत्रकार ऐन गएको साउन महिनादेखि नै लागू गरिसकेको भए पनि अधिकांश सञ्चार गृहले अझै पनि ऐनको व्यवहारिक रुपमा कार्यान्वयन नगरेको बताउनुभयो वर्तमान श्रमजीवी पत्रकार ऐन पत्रकारको हितमा भएकाले यसलाई स्थानीयस्तरमा पनि कार्यान्वयन गर्न उहाँले जोड दिनुभयो कार्यक्रमका सहभागीले केन्द्रको सञ्चार गृह मोफसलको सञ्चार गृहलाई समान दृष्टि राखेर श्रमजीवी पत्रकार ऐनको अक्षरशः कार्यान्वयन गर्न गाह्रो हुने भन्दै ऐन मोफसलका सञ्चार गृहमैत्री बनाउन सुझाव दिनुभएको थियो कार्यक्रममा रासस सञ्चालक समितिका सदस्य गङ्गाधर पराजुली, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासङ्घका सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह, उमीदप्रसाद बागचन्द, डिआर पन्त, महासङ्घ कैलालीका अध्यक्ष भरत शाहलगायतका पत्रकारले आफ्नो सुझाव दिनुभएको थियो रासस

No comments:

Post a Comment