This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Friday, September 30, 2016

यस्तो जेल, जहाँ जानका लागि मानिसहरुले सोर्सफोर्स लगाउँछन्

जेलको हावा खान कसलाई मन पर्छ र ? जेलको नाम सुन्दैमा जिरिंग हुन्छ जिउ । अपराध गरिसकेपछि पनि जेल जान नपरोस् भनेर मानिसहरुले कस्ता कस्ता तिकडम गर्छन् भन्ने कुरा हामीले देखे सुनेकै हो ।
तर यदि कोही मानिसले जेल जानबाट बँच्नका लागि होइन कुनै जेलमा कैदी हुनका लागि ठूलै सोर्सफोर्स लगाउनुपर्ने अवस्था आयो भने के होला ?
जेलमा जानका लागि सोर्सफोर्स ? यो त्यति पत्यार लाग्ने कुरा भएन । तर सत्य हो । भारतको मध्यप्रदेशस्थित होसंगाबाद जिल्लामा एउटा यस्तो जेल छ जसमा बस्नका लागि कैदीहरु हृारगुहार गर्दछन् । यो जेलमा बस्नका लागि कैदीहरुले ठूला ठूला नेताहरुको सोर्सफोर्स लगाउँछन् । जेलमा २५ जना कैदी अट्छन् । तर जेलमा बस्न पाउँ भनेर २ सय भन्दा बढिले आवेदन गर्दछन् ।
वास्तवमा यो जेलमा जानका लागि कैदीहरु मरिहत्ते गर्नुको कारण चाहीँ यो खुल्ला जेलभित्र व्यवसाय तथा जागिर गर्ने राम्रो सुविधा छ । कतिपय कैदी त यहीँ जेलभित्र बसेर व्यवसाय गर्दै लखपति समेत बनिसकेका छन् ।
मध्यप्रदेशमा रहेको यस प्रकारको खुल्ला जेल यो पहिलो हो । यो जेलमा जानका लागि कैदीहरुबीचमा हानथाप र ठूलाबडाको सोर्सफोर्स र दबाब हुने भएपनि यहाँ कुनै सोर्सफोर्स लाग्दैन र जेलले नै कस्ता कैदीलाई राख्ने भन्ने छनोट गर्दछ ।
खासगरी बाध्यताबस अपराधको दलदलमा फसेका कैदीहरुले यहाँ स्थान पाउँछन् । साथै परिवार भएका र कैद सजाय भुक्तानी हुनै लागेका कैदीहरुले प्राथमिकता पाउँछन् ।

No comments:

Post a Comment