This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Tuesday, October 4, 2016

‘कलिउड सिनेमा अवार्ड’को तयारी सुरू, ५८ सालपछि रोकिएको थियो

logo

नेपालमा विभिन्न नाममा अवार्ड गर्न अग्रसर देखिने चलचित्रकर्मी मनोज केसीले आफूले सुरु गरेर विचमा रोकिएको एक अवार्ड फेरि आयोजना गर्ने भएका छन् । वि.सं २०५३ सालबाट वि.सं २०५८ सालसम्म मनोजले ‘कलिउड सिनेमा अवार्ड’ नाम दिएर चलचित्र सम्बन्धी अवार्ड गरेका थिए ।
तर, पछि उनी नेपाल चलचित्र प्राविधिक संघसँग आवद्ध भएपछि यो अवार्ड रोकिएको थियो । यसपछि मनोजले ‘नेफ्टा फिल्म अवार्ड’ नाम दिएर संस्थाको प्रतिनिधित्व गर्दै अवार्ड आयोजनामा भूमिका खेले । ‘नेफ्टा अवार्ड’ उनकै कार्यकालमा ३ पटक विदेशमा पनि आयोजना भयो ।
प्राविधिक संघको नेतृत्व भूमिकाबाट बाहिर आए लगतै मनोजले यसै बर्ष दुबइमा ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ गरिसकेका छन् ।
अब उनै मनोजले आफूले आयोजना गर्दै आएको ‘कलिउड सिनेमा अवार्ड’लाई निरन्तरता दिने बताएका छन् । अवार्डको तयारी सुरु भैसकेको छ ।
सन् २०१७ को जनवरीमा आयोजना हुने यो अवार्डको सातौ श्रृङ्खला पनि विदेशमै गरिने उनको भनाई छ । यसका लागि चलचित्र दर्ता सुरु गरिएको मनोजले जानकारी दिएका छन् । मनोजका अनुसार सन् २०१६ मा रिलिज भएका चलचित्रले यो अवार्डमा भाग लिन पाउनेछन् ।
मनोजले भने-‘कलिउड अवार्डलाई जसरी सुरुवातको क्षणमा चलचित्रकर्मीले साथ दिनुभएको थियो, अब फेरि पनि उस्तै साथ मिल्नेछ भन्ने अपेक्षा गरेका छौ ।’

No comments:

Post a Comment