This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Saturday, October 29, 2016

सुनसरीमा १२ वटा स्थानीय निकाय बनाउन सिफारिस

Image result for सुनसरीमा १२ वटा स्थानीय निकाय बनाउन  सिफारिस

सुनसरी ।  सङ्घीय मामिला तथा स्थानीय विकास अधिकारी एवम स्थानीय निकाय पुनर्सरचना सिफारिस समितिका संयोजक रामप्रसाद वाग्लेको अध्यक्षतामा शुक्रबार बसेको सर्वदलीय बैठकले सुनसरीको स्थानीय निकाय १२ वटा बनाउन सकिने सिफारिस गरेको छ ।
जिल्लामा सक्रीय बिभिन्न राजनीतिक दलका जिल्ला अध्यक्षहरु सहभागी समितिको बैठकले सुनसरीमा २ उपमहानगरपालिका ४ नगरपालिका र ६ ग्रामपालिका बनाउने गरि सिफारीस गर्ने निर्णय भएको वमोजिम सिफारिस गरिने समितिका संयोजक वाग्लेले जानकारी दिए ।
सुनसरीमा वनाउन लागिएको १२ वटा स्थानीय निकायमा हाल कायम रहेका इटहरी र धरान उपमहानगरपालिका, इनरुवा, रामधुनीभासी र दुहवीभलुवा नगरपालिका र नयाँ नगरपालिकाका रुपमा बराह नगरपालिका थप हुने सहमति भएको नेपाली काँग्रेस सुनसरीका सभापति राजिव कोइरालाले वताए ।
१२ वटा भन्दा वढी वनाउन नसक्ने पुर्नसंरचना आयोगको सुझाव अनुसार २ उपमहानगरपालिका, ४ नगरपालिका र ६ ग्रामपालिका वनाउने सहमति भएको कोइरालाले जानकारी गराए । यस अघि सुनसरीमा १३ स्थानीय निकाय वनाउन राजनैतिक दलहरु सहित समितिले सिफारीस गरेकामा पुर्नसंरचना आयोगले घटाउन सुझाव दिएपछि पुनः बैठक बसेर सिफारिस गरिएको हो ।
जसअनुसार बराहक्षेत्र महेन्द्रनगर भरौल प्रकाशपुर र मधुवन गाविसलाई मिलाएर नयाँ थप बराह नगरपालिका बनाउन सकिने सिफारिस गरिएको छ । बैठकले रामगञ्ज बेलगछिया अमाहीबेलाहा, अमडुवा, चिमडी गाविसलाई मिलाएर बर्जुताल ग्रामपालिका सिफारिस गरिएको छ । त्यस्तै सत्तेरझोरा, औराबनी, छिटाहा पूर्वकुहाहा र मधेली गाविसलाई मिलाएर गढिमाई ग्रामपालिका, बसन्तपुर, हरिनगरा, गौतमपुर, घुस्की, रामनगरभुटाहा र गौतमपुर गाविसलाई मिलाएर हरिनगरा ग्रामपालिका ,देवानगञ्ज, कप्तानगञ्ज राजगञ्जसिनवारी, साहेवगञ्ज र मध्यहर्षाही गाविसलाई मिलाएर देवानगञ्ज ग्रामपालिका सिफारिस गरिएको छ ।
त्यसैगरी समितिले हरिनगरा, श्रीपुर, पश्चिम कुशाहा र लौकही गाविसलाई मिलाएर कोशी ग्रामपालिका तथा  भोक्राहा र नरसिंह गाविसलाई मिलाएर भोक्राहा ग्रामपालिका बनाउन सकिने सिफारिस गरेको छ । इनरुवा नगरपालिकामा मधेशा, डुम्राहा, बबिया र चाँदबेला गाविस मिलाईउन सकिने सिफारिस गरेको छ भने सोनापुरलाई दुहवीभलुवामा र बकलौरीलाई रामधुनीभासी नगरपालिकामा मिलाउने सहमति भएको छ ।

No comments:

Post a Comment