This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Friday, October 28, 2016

अब २० वर्ष पुगेका सवारीसाधन आउट

Image result for यातायात व्यवस्था विभाग

१३ कात्तिक, काठमाडौं । बीस वर्ष नाघेका सार्वजनिक सवारीसाधन काठमाडौं उपत्यकाबाट हटाइने भएको छ । यातायात व्यवस्था विभागले आगामी फागुन १७ गतेबाट यस्ता सवारीसाधन हटाउन लागेको हो ।त्यस्तै आगामी २ वर्षभित्र नेपालभरबाटै २० वर्ष नाघेका सवारीसाधन हटाउने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए ।
‘दुई वर्षअघि भएको मन्त्रिपरिषद्को निर्णयअनुसार हामीले हटाउन लागेका हौं,’ महानिर्देशक श्रेष्ठले भने, ‘मन्त्रिपरिषद्को निर्णयसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि २ वर्षको म्याद दिएर तोकिएको म्यादभित्र सवारी हटाउनु भन्ने थियो । त्यसैअनुरुप हामीले गर्न लागेका हौं ।’मन्त्रिपरिषदले २०७१ भदौ २६को बैठकले २० वर्ष पुरानो सावरुसिाधन चलाउन नपाउने निर्णय गरेको थियो ।

No comments:

Post a Comment