This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Thursday, October 6, 2016

कृषि बिकास कार्यालय सुनसरीको कार्यक्रम सार्वजनिक

 Image result for agriculture office sunsari  logo

जिल्ला कृषि बिकास कार्यालय सुनसरीले आर्थिक वर्ष  २०७३।०७४ कृषि बिकास कार्यक्रम सार्वजनिक गरेको छ ।

इनरुवामा राजनैतिक दल सहित सरोकारवालाहरुको उपस्थितीकावीच कार्यालयले कृषि बिकास र किसान लक्षित कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
जिल्ला कृषि बिकास कार्यालय सुनसरीका प्रमुख डा.रविन्द्रनाथ चौबेले किसान लक्षित कार्यक्रम प्राथमिकतामा रहेको जानकारी गराए । खेतीमा आधुनिकीकरण सहित किसानकालागि सहुलियत र आयमूलक कार्यक्रमकालागि प्रोत्साहन जस्ता कार्यक्रमबारे चौबेले जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागि राजनैतिक दलका प्रतिनीधिहरुले कार्यालयले किसानका नाममा झोले किसानको बिगबिगी रोक्न नसकेको बताए । वास्तविक किसान अझैपनि सेवा सुविधाका लागि जुधिरहेपनि झोले किसानहरुलाई भने कार्यालयकै कर्मचारीको साथ र सहयोग रहेकाले वास्तविक किसान मार्कामा पर्दै आएको बताए ।
कार्यक्रममा सहभागि सुनसरी प्रशासनका निमित्त प्रजिअ कमलबहादुर थापाले सेवा सुविधाको प्रभावकारिता र पार्दशिता आवश्यक रहेको धारणा राखे । कार्यक्रममा स्थानीय विकास अधिकारी, जिल्ला वन कार्यालय प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment