This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Thursday, October 6, 2016

आज कात्यायनी भगवतीकोे पूजा

Image result for maa durga photo

 बडा दशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज, कात्यायनीकोे 
पूजाआजा गरीदैँछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरीन्छ । आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीकोे पूजा हुन लागेको हो । दानवमाथि देवीले विजयप्राप्त गरेको खुसीयालीमा दशैं मनाउने गरिएको धार्मिक किम्वन्ती छ ।नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । आजपनि देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ असोज १५ गतेदेखि सुरु भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ ।

No comments:

Post a Comment