This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Saturday, October 8, 2016

टंकीसीनुवारी दुर्घटनामा दुइको मृत्यू

Image result for bus accident

बिराटनगर असोज २
, मोरङको टंकीसीनुवारी–५ स्थित कोशी राजमार्ग सडक खण्डमा हिजो साँझ भएको बस दुर्घटनामा घाइते भएका दुइजनाको उपचारका क्रममा मृत्यू भएको छ ।मृत्यु हुनेमा सुनसरी चक्रघटी–४ की ६० बर्षीया रेविका कार्की र अर्का १६ बर्षका अभिषेक झा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गए राती निधन भएको हो । बिराटनगरबाट इटहरीतर्फ जांदै गरेको ना ४ ख ६०८० नम्बरको बसले सोही दिशामा रोकि राखेको भारतीय नम्बरको लहरीमा पछाडीबाट ठक्कर दिदा २६ जना घाइते भएका थिए । तीमध्ये २ जनाको मृत्यु भएको र अझै केहीको गंभीर अवस्थामा विराटनगरका अस्पतालहरुमा उपचार भइरहेको छ । दुर्घटनामा सहचालकको अवस्था समेत गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अन्य घाइतेहरुको विराटनगरको न्यूरोअस्पताल, विराट नर्सिङ होम र विराट टिचिङ अस्पताल टंकीमा उपचार भैरहेको छ ।





No comments:

Post a Comment