This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Saturday, October 8, 2016

माघसम्ममा निर्वाचन नभए देश संवैधानिक जटिलतामा-डा. शेखर कोइराला

२०७३ आश्विन २२ गते , शनिवार प्रकाशीत

Image result for shekhar koirala

विराटनगरः नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले २०७४ माघसम्ममा निर्वाचन नभए देश संवैधानिक जटिलतामा फस्ने बताएका छन् । यस्तो अवस्थामा देशलाई जान दिन नहुनेमा उनको जोड छ ।प्रजातान्त्रिक विचार समाज मोरङको आयोजनामा शनिबार विराटनगरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले भने,‘अद्यावधिक निर्वाचन हुनैपर्छ भएन भने देश संवैधानिक संकटमा फस्छ ।’अहिले देश विषम परिस्थितिमा रहेकाले सबै दलले आफ्नो दलीय स्वार्थभन्दा माथि उठेर संविधान कार्यान्वय गर्न लाग्नुपर्नेमा उनले जोड दिए ।चर्का भाषणवादी गर्दैमा कोही पनि राष्ट्रवादी नहुने दाबी गर्दै उनले मधेसी मोर्चाको मागहरु अस्पष्ट रहेको उल्लेख गर्दै भने,‘मधेशी मोर्चाले सुरुमा एक मधेश एक प्रदेश, त्यस पछाडि मधेशमा दुई प्रदेश र अहिले आएर मोर्चाले सीमांकन हेरफेरका कुरा अगाडि बढाएकोछ । सबै माग मान्न सकिन्न् ।’कोइरालाले मुुख्य तीनदलको एकताकै कारण संविधान जारी भएकाले तीनै तहको निर्वाचन  र संविधान कार्यान्वयनका लागि पनि दलहरुबीच सहमति आवश्यक रहेको बताए । कार्यक्रममा  सांसद  पुष्कर आचार्य, ट्रेड युनियका पूर्वाञ्चल अध्यक्ष नारायणबाबु कार्की, प्रजातान्त्रिक विचार समाज मोरङका सल्लाहकार भेषप्रसाद धमला, नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितलगायतले देशलाई छिटोभन्दा छिटो निकास दिएर आर्थिक विकासमा लाग्न आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए ।

स्रोत कोशी खबर 

No comments:

Post a Comment