This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Thursday, October 13, 2016

रक्षामन्त्री खाँणद्वारा चिनियाँ समकक्षीसँग छलफल

Image result for रक्षामन्त्री बालकृष्ण खाँण
काठमाडौँ, २७ असोज सुरक्षा संवाद सहयोग अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माणसम्बन्धी साताँै सियाङसान सम्मेलन बुधबार बेइजिङमा सम्पन्न भयो रक्षामन्त्री बालकृष्ण खाँण नेतृत्वको नेपाली टोलीले  सहभागिता जनाएको उक्त सम्मेलन यही असोज २४ देखि सुरु भएको थियो  सम्मेलनमा ५९ मुलुक अन्तर्राष्ट्रिय सङ्गठनका झन्डै ४०० जना पदाधिकारी तथा विज्ञहरु सहभागी थिए नेपालबाट  मन्त्री खाँणसहित नेपाली सेनाका उपरथी देवेन्द्रबहादुर मेधासी राष्ट्रपतिको सुरक्षा सल्लाहकार नेत्रबहादुर थापा सहभागी हुनुहुन्थ्यो सो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खाँणले विश्वसामु देखापरेको पछिल्लो सुरक्षा चुनौतीसँग मुकाबिला गर्न सहयोग सहकार्यका आधारित एक सर्वमान्य मापदण्ड निर्माण गर्नुपर्नेमा जोड दिनुभएको उहाँको निजी सचिवालयले जनाएको
 क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा तयार पारिएका सुरक्षा नीति तथा मापदण्डहरुमा नेपाल सहकार्य गर्न सधैँ तत्पर रहेको उहाँले सम्मेलनमा बताउनुभयो एसियाप्रशान्त क्षेत्रको सुरक्षा सहयोगका विषयमा सम्मेलन केन्द्रित थियो
 रक्षामन्त्री खाँणले मङ्गलबार चिनियाँ समकक्षी छाङ वान छ्वानसँग द्विपक्षीय सैन्य सहायताबारे छलफल गर्नुभएको थियो उहाँहरुका बीचमा झन्डै एक घन्टा छलफल भएको थियो नेपालको संविधान, चिनिया राष्ट्रपतिको नेपाल भ्रमण, सुरक्षा सहयोग, सुरक्षा सतर्कतालगायतका विषयमा छलफल भएको जनाइएको चाइना एसोसिएसन फर मिलिटरी चाइना इन्स्टिच्युट स्ट्राटेजिक स्टडिजको निमन्त्रणा उक्त सम्मेलनमा सहभागतिा जनाउनुभएका मन्त्री खाँण यही असोज ३० गते स्वदेश फर्किने कार्यक्रम रहेको रासस

No comments:

Post a Comment