This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Saturday, October 8, 2016

निर्धारित समयमा तीनवटा निर्वाचन सम्पन्न गर्नुपर्ने- सभापति देउवा

Image result for sher bahadur

काठमाडौँ, २२ असोज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा स्थायित्व स्थिरता कायम राख्न निर्धारित समयमा तीनवटा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको हाम्रो मित्र युवा समूहनामक सामाजिक संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानले निर्धारण गरेको समयसीमाभित्रै स्थानीय निकाय, प्रदेश संसद् वा प्रतिनिधिसभाको निर्वाचनपछि देशले विकास समृद्धिको बाटो लिने विश्वास व्यक्त गर्दै अब हुने चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने गरी तयारीमा लाग्न आग्रह गर्नुभयो  उद्योग मन्त्री नवीन्द्रराज जोशी, नेपाली काँग्रेसका नेताहरु पीएल सिंह, तीर्थराम डङ्गोल, प्रकाशमान सिंह, भीमसेनदास प्रधानलगायतले उक्त संस्थाले गरेका सामाजिक कार्यको सराहना गर्दै समाजसेवामा सक्रिय रही देश विकासमा लागेका मानिसलाई पुरस्कृत तथा सम्मान गर्ने परिपाटीले समाजका लागि अझै केही गरुँ भन्ने भावनाको विकास गराउने बताउनुभयो हाम्रो मित्र युवा समूहद्वारा समाजको विकासमा योगदान गरेका विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई पुरस्कृत तथा सम्मान समेत गरिएको अनाथ बालबालिका सहयोगी संस्था सफलता एचआइभी पीडित क्लबलाई रु १५÷ १५ हजार पुरस्कार वितरण पनि गरिएको थियो  सो अवसरमा वीरमान नेपाली, गणेशमान नेपाली, सन्जीव मानन्धर, अजित मानन्धर, मधु काफ्ले, श्यामसुन्दर राजवंशी डिना कंशाकारलाई सम्मान गरिएको थियो  समाजका अध्यक्ष कुमारदेव मानन्धर समाजसेवी रमेशमान मुनिकारले मुलुकमा विद्यमान समस्या समाधानका लागि प्रमुख दलले सहकार्य समन्वय गर्नुपर्नेमा जोड दिँदै देश जनताको हितमा हुने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सुझाव दिनुभयो  

रासस


No comments:

Post a Comment