This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Saturday, October 8, 2016

नभमा "आत्मा बस्ने घर"



रोचक तथ्य 


धनकुटा, भेडेटार गा.बि.स. नाम्जेको "आत्मा बस्ने घर" बडो रोचक परम्पराको एक कडी पाएँ । हालै विश्व प्रसिद्ध टिभी च्यानल नेशनल ज्योगरफिकमा यस वारे एक डकुमेन्ट्री हेर्ने मौका पाएर त्यता डोरिएको थिए ।
बिभिन्न समुदायमा मृत्यू संस्कारको भिन्नभिन्न परम्परा छ । केहीले मृत शरिरलाई पोल्छन । कोहीले जलसमाधी दिन्छन भने धेरैले माटो मुनी गाड्ने गरेका छन् । मस्तांगमा त एउटा समुदायले मृत देहलाई एकदमै अग्लो टाकुरामा लगी राख्छन् । पंक्षीहरूले लाश खाउन र तृप्त होउन भन्ने मान्यता छ त्यहाँ । यसरी बिभिन्न समुदायहरूले भिन्न भिन्न भौगोलिक अवस्थामा चिहान बनाउने गरेका हुन्छन् । मगरहरू गाउँ बस्तीको सबैभन्दा अग्लो स्थान, कुनै टाकुरो वा ढिस्कोमा चिहान बनाउदै आएका हुन् । मृत आत्माको निर्विध्नता र शांतिको परिवेश कायम रहोस् भन्ने यसको अभिप्राय रहेको मानिन्छ ।
मगर समुदाय भित्रका ११३ जातका मूलथलोहरूमा रहेका चिहानहरूका ढुंगो ल्याएर एउटा खुलाघरमा कलात्मक ढंगबाट राखी "आत्मा बस्ने घर" बनाईएको छ । वास्तवमा मगर समुदायका पूर्वजहरूको चिहानको ढुंगो ल्याएर यो स्थल बनाईएकोले यो एक अर्थमा पूर्वजहरूको आत्मा बस्ने घर हो ।
सबभन्दा मज्जाको कुरो त के भने मारवाडी समुदायका गोयल थरका एक जना प्रवासी अमेरिकनको पहलमा अमेरिकाको क्याथलिन विश्वविद्यालयले यस घरको डिजायन गरी निर्माण कार्यमा आर्थिक सहयोग गरेको हो । यस कार्यमा स्थानीय मगर समुदायका समाज सेवी मध्ये गुंजमान मगरले बडो सक्रियता देखाए । म आज उनैको घरमा पाहुना बस्न पुगे र उनैको मुखबाट मगर समुदायका त्यस क्षेत्रको करिब ६०० बर्ष पुरानो कतिपय परम्पराहरू जान्न पाएँ । यसपालीको मेरो दशैं यसरी नै बित्ने छ क्यार !
स्रोत -jay prakash Anand Facebook

No comments:

Post a Comment