This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Monday, October 24, 2016

स्तनक्यान्सरसम्बन्धी भिडियो हटाएकोमा फेसबुकले माफी माग्यो

स्तन क्यान्सरसम्बन्धी भिडियो हटाएकोप्रति फेसबुकले माफी माग्यो
एजेन्सी। स्विडिस नागरिकको एक समूहले स्तन क्यान्सरसम्बन्धी जनचेतनामुलक भिडियो फेसबुकमा पोस्ट गरेको थियो र उक्त भिडियो फेसबुकले हटाएको थियो। फेसबुकले उक्त भिडियो भुलवश हटाइएको भन्दै माफी मागेको छ।
एनिमेटेड भिडियोमा महिलाको स्तन पिंक रंगले छोपेको देखाएको थियो र सजिलै आफैँले स्तनक्यान्सर भए नभएको पत्ता लगाउने उपाय देखाइएको थियो। फेसबुकले समाजिक सञ्जालमा उक्त भिडियो आपत्तिजनक भएको र भिडियोले नग्नता देखाएको भन्दै हटाएको थियो ।
नर्वेजियन लेखकले १९७२ मा भियतनामको भएको युद्धमा लिइएको एकजना बालिकासहित अन्य बालबालिका नाङ्गै भाग्दै गरेको तस्विर पनि फेसबुकले हटाएको थियो । तर यसवारेमा व्यापक आलोचना भएपछि फेरि एतिहासिक महत्वको तस्बिर भन्दै पुनः आफ्नो साइटमा राख्न अनुमति दिइएको जनाएको थियो ।
फेसबुककी प्रवक्ताले विज्ञप्त्ती मार्फत भनेकी छिन् ‘हाम्रो अध्ययन टोलीले हप्तैपिच्छे लाखौं तस्विर व्यवस्थापन गर्ने गर्दछ र यसै क्रममा क्यान्सरसम्बन्धी जनचेतनामुलक भिडियोसमेत हट्न पुगेको छ’। यसप्रति हामी माफी माग्न चाहन्छौं फेसबुकले यसअघि पनि धेरैपटक महिलाले आफ्नो शिशुलाई स्तनपान गराइरहेको तस्बिर हटाएको थियो ।

No comments:

Post a Comment