This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Thursday, October 6, 2016

झापामा डेङ्गुको जीवाणु भेटियो

Image result for डेङ्गु रोग


दमक (झापा), २० असोज झापाको दमकमा एकजना ५२ वर्षीय पुरुषमा डेङ्गुको सङ्क्रमण देखिएको दमक१५ का ती व्यक्तिलाई  केहीदिनदेखि उच्च ज्वरो आएपछि रगत परीक्षण गर्दा डेङ्गुको जीवाणु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर जीवन चौलागार्इंले बताउनुभयो

बिरामीको अहिले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको चौलागाईंले जनाउनुभयो 

दमक यसअघिसमेत डेङ्गुको उच्च जोखिम क्षेत्र भएको जनस्वास्थ्य कार्यालयले जनाएको दुई वर्षअघि दमकका विभिन्न क्षेत्रमा एक दर्जन बढी मानिसमा डेङ्गुको सङ्क्रमण देखिएको थियो भने सोही वर्ष जिल्लाको काँकडभिट्टा क्षेत्रमा दुईजनाको ज्यान गएको थियो

यसवर्ष भने जिल्लामा पहिलोपटक दमकमा पुनः डेङ्गुका बिरामी भेटिएको सुपरभाइजर चौलागाईंले बताउनुभयो यसैबीच दमकमा देखिएको डेङ्गु रोग नियन्त्रण गर्न स्थानीय दमक सरकारी अस्पतालमा आवश्यक परीक्षणसहितको उपचार सेवा आजदेखि सुरु गरिएको


दमकमा यसअघि डेङ्गु रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी मार्ने तथा जनस्तरमा सचेतना दिन एकैसाथ दुई दिनसम्म अभियान सञ्चालनसमेत गरिएको थियो रासस

No comments:

Post a Comment