This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Friday, October 7, 2016

संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्ने – अध्यक्ष गच्छदार

Image result for bijay kumar gachhadar


उर्लाबारी (मोरङ), २१ असोज । मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले छठलगत्तै सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभएको छ । विराटनगरमा आज पार्टी कार्यकर्तासँगको भेटमा अध्यक्ष गच्छदारले आगामी चैतमा स्थानीय निकायको निर्वाचनका लागि तराई–मधेसको समस्या चाँडै टुङ्ग्याएर निर्वाचनको वातावरण बनाउनुपर्ने धारणा राख्नु भयो । काँग्रेस र माओवादी केन्द्रले मात्र चाहँदैमा संविधान संशोधन नहुने भएकाले त्यसका लागि सरकारले सबै दलसँग छलफल गर्नुपर्ने बताउँदै उहाँले मुख्य दलबीच सहमति नभएसम्म संविधान कार्यान्वयन तथा मुुलुकको समस्याको समाधान नहुने भएकाले काँग्रेस, एमाले, माओवादी केन्द्र तथा मधेसवादी दल मिल्नुको विकल्प नभएको बताउनुभयो । रासस 

No comments:

Post a Comment