This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Monday, October 17, 2016

अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्ने सर्बोच्च अदालतको प्रयास फेरी असफल

Image result for अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्ने सर्बोच्च अदालतको प्रयास फेरी पनि असफल भएको छ ।
कार्कीको घर भाडमा लिएर बस्दै आएका केही ब्यक्तिहरुले आफूहरुले घर भाडामा लिएको भन्दै सूचना टाँस्न रोक लगाएपछि कार्कीको घरमा म्याद सूचना टास्ने सर्वोच्चको प्रयास असफल भएको हो ।
नयाँ बानेश्वरस्थित कार्कीको घरमा पुगेको सर्वोच्च अदालतका तामेलदार नेतृत्वको टोलीलाई  सामसुङ कम्पनीको कर्मचारी बताउनेहरुकोे समूहले म्याद टास्न रोकेका हुन् । केहीबेर बादविवाद गरे पनि उनीहरुले सूचना टाँस्न नदिएपछि तामेलदार सहितको टोलि यसपटक पनि त्यत्तिकै फर्किएको छ ।
म्याद टास्न जानुअघि सर्वोच्चको टोली वडा कार्यालय पुगेको थियो । रोहबरका लागि बानेश्वर आउने बताएकी वडा सचिव सरिता राई पनि अन्तिम समयमा नआएपछि सर्वोच्चको टोली थप समस्यामा परेको हो ।
कार्कीको नियुक्तिसम्बन्धी मुद्धामा बहसका लागि बोलाउँदा आउन अस्वीकार गरेपछि नयाँ बानेश्वरस्थित कार्कीको घरमा सर्वोच्चले म्याद टास्ने तयारी गरेको हो । कार्की भने अख्तियारको आवास गृहमा बस्दै आउनुभएको छ ।

No comments:

Post a Comment