This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Monday, October 17, 2016

संविधान संशोधन प्रक्रिया चाँडो बढाउनुपर्छ : डा महतो

Image result for डा वीरेन्द्र महतो

काठमाडौँ, १ कात्तिक । सङ्घीय समाजवादी फोरम नेपालका नेता डा वीरेन्द्र महतोले मधेस समस्या समाधानका लागि तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्नुपर्ने बताउनुभएको छ । 

यहाँ आज आयोजित कार्यक्रममा उहाँले मधेस समस्या समाधानका लागि वर्तमान सरकारलाई आफ्नो दलले समर्थन गरेको बताउँदै सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराउन ढिला गरेकामा चिन्ता व्यक्त गर्नुभयो । 

नेता महतोले सरकारले सहमतिमै संविधान संशोधन प्रस्ताव दर्ता गराउनुपर्नेमा जोड दिँदै उहाँले संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यक रहेको त्यसका लागि संविधान संशोधनको खाँचो छ भन्नुभयो । 

उहाँले संविधान कार्यान्वयन नहुने अवस्था आए मुलुकमा भयावह अवस्था सिर्जना हुने विचार व्यक्त गर्दै उहाँले मधेसको समस्यालाई सिङ्गो मुलुकको समस्याका रुपमा लिनुपर्नेमा जोड दिनुभयो । रासस 

No comments:

Post a Comment